adv

तपाईं मोटोपनको समस्यामा हुनुहुन्छ ? अब तपाईंको समस्या दुर हुनेछ , यस्तो छ चिकित्सकिय सल्लाह

{मोटोपनाका लागि चिकित्सकिय पोषणोपचार (medical nutrition therapy) तथा पथ्य निर्देशनहरु}

मोटोपना पनि एक रोग नै हो । मोटो मानिसलाई हिंड्न, बस्न,खान ,काम गर्न, अरुसँग घुलमिल गर्न,आफुले चाहे जस्तो कपडा लगाएर हिंड्न लगायत अन्य धेरै कुराहरुमा असहज हुने गर्छ । यति मात्र होईन मोटो मानिसमा बिभिन्न किसिमका रोगहरुले समेत सताउने गर्छ । सिलिम हुनु सुन्दरताको प्रतिक पनि हो ,सुन्दर मानिसमा आत्मा विश्वास पनि बढी हुन्छ । त्यसैले मोटोपना बाट बच्न वा मोटोपनालाई नियन्त्रण गर्न के-के कुरामा ध्यान दिनुपर्छ त ? पोषण तथा आहारविद मदन पाण्डेले यसको बारेमा  केही महत्वपूर्ण टिप्स दिनु भएको छ । जसले गर्दा मोटोपना बाट बच्न सकिन्छ । जुन यसप्रकार रहेको छ –   

  • मोटो मानिसले सबै भन्दा पहिला के कुरा बुझ्नु पर्ने रहेछ भने,  दैनिक शारीरिक कृयाकलाप र शरीरले प्राप्त गर्ने उर्जा/calorie कटौती गर्नु बाहेक अन्य तौल घटाउने उपाय छैनन् भन्नेकुरा बुझ्नपर्छ ।
  • तौल घटाउनका लागि त्यस्तो कुनै खास खानेकुरा हुदैन र  त्यसरी घटाइएको तौल  पुनः बढ्ने  संम्भावना हुन्छ ।
  • जीवनभर उपयुक्त तौल कायम राख्न आवश्यक छ । त्यसका लागि दिर्घकालिन रुपमा खानपान सम्बन्धि व्यवहारमा परिवर्तन ल्याउन जरुरी छ।
  • पर्याप्त मात्रामा पानी खान आवश्यक छ तर पानीको सट्टा कार्बनयुक्त र गुलिया पेयपदार्थ खान हुदैन । त्यस्ता पेयपदार्थ खानु  परे सकेसम्म कम खाने गर्नुपर्छ  ।
  • मिठाई र गुलियो पदार्थयुक्त अनि उर्जा बाहेक अन्य पोषक तत्त्व प्रदान नगर्ने खानेकुराहरु जस्तै: चिसो/तातो पेय पदार्थ र मदिराजन्य पदार्थहरु खानु हुदैन ।
  • बढी मात्रामा चिल्लो भएका, जम्ने चिल्लो प्रयोग गरिएका र तारेका खानेकुराहरु नखाने ।
  • खानाबाट आवश्यक मात्रामा भिटामिन तथा खनिज पदार्थहरु साथसाथै  fibre/रेशा प्राप्त गर्न  पर्याप्त मात्रामा  तरकारी, सागपात, सलाद र फलफूलहरु सेवन गर्ने ।
  • तोकिएको मात्रामा मात्र खाना खाने गर्नुपर्छ, कुनै छाकको खाना नखाने र कुनै छाकमा अत्याधिक मात्रामा खाना खाने गर्नु हुँदैन ।
  • तोकिएको समयमा बाहेक अन्य समयमा खाना वा खाजा खाने गर्नु हुदैन ।  साथै  स्वदिलो खानेकुरा देख्ने  बित्तिकै खाईहाल्ने बानी छ भने हटाउनु  पर्छ ।
  • अन्नजन्य खानेकुरा ,  गेडागुडीहरुमा राम्रो मात्रामा भिटामिन, खनिज र रेशा हुन्छ। fibre/ रेशायुक्त खानेकुरा पच्न बढी समय लाग्छ र उर्जा  कटौती गर्न पनि मद्दत गर्छ। त्यसैले त्यस्ता खाने कुराहरु खाने गर्नुपर्छ ।
  •  प्याकेटका खानेकुराहरु किन्दा  चिल्लो, उर्जा  र अन्य पोषक तत्त्वको मात्रा भएको खानेकुरा मात्र हेरेर किन्ने  बानी बसाल्ने ।
  • उपवास गरेपछि अत्याधिक खानपिनको सम्भावना हुने भएकाले उपवास गर्नु उचित मानिदैन।
  • नुन र तेल बढी हुने भएकाले विभिन्न किसिमको डब्बाको अचार नाखानुस ।
  • छिटो-छिटो खाँदा, टि.भी, मोवाइल हेर्दै खाँदा आवश्यकता भन्दा बढी र असन्तुलित खाना खाईने  संम्भावना बढी हुन्छ,त्यसैले त्यस्तो बानी हटाउनुस र  तोकिएको खाने कुरालाई मज्जाले चपाएर खाने हर्नुहोस् ।

 *  घरमा खाना बनाँउदा ध्यान दिनुपर्ने कुराहरु :

  • अनावश्यक मात्रामा, आवश्यकअता भन्दा   धेरै तेल प्रयोग नगर्ने ।
  • तेल बढी प्रयोग हुने ,तार्ने विधिको सट्टा तेल कम चाहिने, भुट्ने, उसिन्ने, बफाउने विधिहरु प्रयोग गरेर खाना बनाउने ।
  • मासु पकाउँदा मिल्ने जति छाला र बोसो हटाएर पकाउने ।
  • कम चिल्लो भएको दूध र दुग्धजन्य पदार्थ, तर हटाएको दुध, मोही सेवन गर्ने ।
  • एकैथरी तेल भन्दा पनि विभिन्न वनस्पतिहरुको मिस्रित तेल प्रयोग गर्न उचित हुन्छ ।
  • सानो भाँडामा खाना खाने बानीले खानाको मात्रा घटाउन मद्दत गर्न सक्छ,त्यसैले यो विधिलाई पनि उपयोग गर्न सक्नु हुन्छ ।

* घर  बाहिर   खाना जाँदा ध्यान  दिनुपर्ने कुराहरु : 

  • तारेको  र गुलियो खानेकुराहरु नखाने/अर्डर नगर्ने वा सकेसम्म कम खाने, वफाएको, bake गरेको, र कम तेल प्रयोग गरिएको परिकारहरु छानेर लिने ।
  • खानेकुराहरु अर्डर गर्दा वा लिदा सकेसम्म आफ्नो आवश्यकता अनुसार मात्र लिने ।- –
  • शक्तीवर्दक र अन्नजन्य खानेकुराहरु भन्दा पनि सागपात, सलाद अनि फलफूलजन्य परिकरहरुलाई प्राथामिकतामा राख्ने ।
  • सलादहरुमा थप तेल वा मायोनेज प्रयोग नगर्ने  ।
  • क्रिम सुपको सट्टा क्रिम नहालेको सुप मात्र खाने ।
  • हल्का पेय पदार्थ, जुसको  सट्टा  सादा पानी वा कागती पानी मात्र सेवन गर्ने  ।
  • खाजामा पिज्जा, फ्रेन्च फ्राई, समोसा जस्ता आत्यधिक चिल्लो भएका खानेकुराहरु नखाने  ।

-पोषण तथा आहारविद

मदन पाण्डे

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु