adv

श्रीलंकाका कप्तान दिनेश चण्डिमाल माथि बल टेम्परिङको आरोप

श्रीलंकाका कप्तान दिनेश चण्डिमालमाथि बल टेम्परिङको आरोप लागेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले चण्डिमालमाथि वेष्ट इण्डिजविरुद्धको दोस्रो खेलमा ‘बलको अवस्था परिर्वतन’ गरेको अभियोग लगाएको हो ।

 

श्रीलंका क्रिकेटले भने आफ्ना खेलाडी गलत गतिविधिमा संलग्न नभएको भन्दै आफ्नो खेलाडीको बचाउ गरेको छ । उसले खेलाडीको बचाउमा जुनसुकै कदम चाल्न तयार रहेको बताएको छ ।

 

उसले विज्ञप्ति निकालेर अनावश्यक आरोप लगाएको बताएको छ । ‘टीम व्यवस्थापनले हामीलाई जानकारी गराएको छ कि कुनै खेलाडी गलत क्रियाकलापमा छैनन्’ विज्ञप्तिमा भनिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु