दमक । प्रथम एमपिसि एण्ड सालोभेना फुटसल प्रतियोगिताको उपाधि टिम ६९ ले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा आयोजक एमपिसिलाई ४–३ गोल अन्तरले पराजित गर्दै टिम ६९ च्याम्पियन बनेको हो ।
दमक १ भाङबारी स्थित स्पएनी फुटसल कोर्टमा आयोजित प्रतियोगिताको फाइनल खेलको पहिलो हाफको ६औं मिनेटमा एमपिसिका सबिन लिम्बूले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । ८औं मिनेटमा समिर मगरले गोल थप्दै अग्रता दोब्बर बनाएका थिए । खेलको१०औं मिनेटमा टिम ६९ का युगेस लिम्बूले गोल गर्दै अग्रता कम गरे । १२औं मिनेटमा सुबोधको गोलसँगै खेल रोमाञ्चक बराबरी बन्यो ।टिम ६९ त्यतिमै रोकिएन, १४औं मिनेटमा आर्यन श्रेष्ठले गोल थप्दै टिमलाई अग्रता दिलाए ।
विजेता: टिम ६९
दोस्रो हाफको ३औं मिनेटमा आसिस लिम्बूको गोलबाट एमपिसि खेलमा फर्कियो । प्रतिस्पर्धात्मक बनेको खेलको अन्तिम समयमा टिम६९ का युगेस लिम्बूले गोल गर्दै टिमलाई च्याम्पियन बनाए ।
विधागत तर्फ हाइ स्कोरको उपाधि एमपिसिका आसिस लिम्बूले पाउदा वेष्ट गोल किपर टिम ६९ का अनुराग श्रेष्ठ घोषित भए । वेष्टप्लेयर टिम ६९ का रोहन चुडाल बने । यसैगरी राइजिङ प्लेयर स्प एनि फुटसलका सौगात मगर चुनिए ।
उपविजेता: एमपिसि
विजेताले नगद ४० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता टिमले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।
स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ एमपिसि र सालोभेना एफसिको संयुक्त आयोजनामा आयोजित प्रतियोगिता असार ५ र ६ गते दुई दिन सञ्चालन भएको थियो । प्रतियोगितामा २० टिमको सहभागीता रहेको थियो ।
विजेता सम्पूर्ण खेलाडीहरुलाई दमकका कुशल व्यवसायी लक्ष्मण प्रधान, स्पएनी फुटसलका सञ्चालक सिर्जना लिम्बू, समाजसेवी केबिहाङ राई लगायतले पुरस्कार वितरण गरेका थिए ।




