adv
adv

शाहरुख खानकी छोरी सुहाना एक तस्वीरका कारण निकै चर्चामा

बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना यतिबेला निकै चर्चामा छिन् । चर्चाको कारण हो एक तस्वीर। उनले एक विदेशी युवकलाई अंगालोमा बेरेको तस्वीर सार्वजनिक गरेकी छिन् ।  यसअघि सुहानाले आफ्ना केटी साथीहरुसँग मोजमस्ति गरिरहेका तस्वीरहरु मात्र सार्वजनिक गर्ने गरेकी थिईन् । पहिलोपटक उनी कुनै पुरुषसँग यति नजिक देखिएकी हुन् । यी युवक उनको कलेज फ्रेन्ड भएको बताइएको छ । तर तस्वीरको प्रकृति हेर्दा उनीहरुबीच मित्रताभन्दा बढि नै गहिरो सम्वन्ध रहेको जस्तो  लाग्छ ।

सुहानाको फ्यान पेजमा यो श्यामश्वेत तस्वीर सार्वजनिक भएको हो । फोटोको क्याप्समा ‘इद मुबारक टु एभि्रवान’ लेखिएको छ । साथै यो कुनै पार्टीमा सुहानाले आफ्नो साथीसँग खिचेको जनाइएको छ । तस्वीरमाथि विभिन्न टिप्पणीहरु आइरहेका छन् । कतिपयले सुहाना प्रेममा परेको हुन सक्ने आशंका गरेका छन् भने धेरैले कुनै पुरुषलाई अंगालो मार्दैमा प्रेम परेको मान्न नसकिने तर्क राखेका छन् । यसमा सुहानाको प्रतिक्रिया भने केही आएको छैन ।

मुम्बईमा धीरुभाई अम्बानी इन्टरनेसनल स्कुलमा पढेकी सुहाना अहिले लन्डनको आर्डिन्ली कलेजमा पढ्छिन् । यी युवक सोही कलेजका साथी भएको बताइएको छ ।

सुहाना भारतीय मिडियाले अत्यधिक पछ्याइरहेकी स्टार किड्समा पर्छिन् । उनी चाँडै फिल्ममा आउन सक्ने अड्कल पनि गरिएको  छ । अभिनय बाहेक उनको रुची खेलकुदमा पनि छ । बाबु शाहरुखले छोरीलाई फिल्म वा खेलकुद जहाँ करिअर बनाउन चाहे पनि आफूले सहयोग गर्ने बताउँदै आईरहेका  छन् ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु