adv
adv

गायक उदितनारायण झाको घरमा मजदूरको करेन्ट लागेर मृत्यु

प्रसिद्ध गायक उदितनारायण झाको घरमा निर्माणसम्बन्धी काम गर्ने एक जना भारतीय मजदूरको करेन्ट लागेर मृत्यु भएको छ ।  मृत्यु हुनेमा भारतकको भटनिया निवासी २५ वषर्ीय सञ्जीतकुमार यादव रहेका छन् ।

 

बिहीबार सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका १ भारदहस्थित गायक झाको घरमा निर्माण सम्बन्धी काम गर्ने क्रममा करेन्ट लागेर भारतीय मजदूरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नयाँ घरको निर्माण गर्ने क्रममा रड सिधा गर्न खोज्दा रड ३७ हजार भोल्ट भएको विद्युतीय तारमा छुन पुगेको थियो । रड विद्युतीय तारमा छोएपछी यादवलाई करेन्ट लागेको थियो। करेन्ट लागेलगत्तै उनलाई उपचारका लागि भारदह अस्पताल लाने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।

मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सगरमाथा अञ्चल अस्पताल पठाउने प्रहरीले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु