adv
adv

चलचित्र “यो पागल मन” को ‘मार्‍यो मार्‍यो’ बोलको गीत सार्वजनिक

चलचित्र ‘यो पागल मन’को गीत युट्युबमा सार्वजनिक गरिएको छ । चलचित्रको ‘मार्‍यो मार्‍यो’ बोलको गीत रिलिज गरिएको हो । असार २९ गतेबाट यो चलचित्र रिलिज हुनेछ ।
यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विनोद न्यौपाने र ऋचा सिंह ठकुरीलाई फिचरिङ गरिएको छ । चलचित्रमा एनी कुँवर, गौरी मल्ल, राजेश ढुंगाना लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । लभ स्टोरी कथामा तयार भएको यो चलचित्रलाई कल्याण अधिकारीले निर्माण तथा निर्देशन गरेको छ ।

 

दयाराम पाण्डेको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका हुन् । कमल राईले यो भिडियोको कोरियोग्राफी गरेका हुन् । चलचित्र ‘यो पागल मन’मा विरेन्द्र कुमार यादव र कल्याण अधिकारीको लगानी रहेको छ । शम्भु सापकोटाले खिचेको चलचित्रलाई अनिल गौतमले सम्पादन गरेका छन् ।

भिडियो हेर्नुहोस्:

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु