adv

आँचल र सुशान्त फिचर्ड ‘मंगली’को रोमान्टिक भिडियो सार्वजनिक

नायिका आँचल शर्मा चलचित्र भन्दा म्यूजिक भिडियोमा बढी व्यस्त हुने गर्छिन । हालै मात्र शिव परियारको आवाजमा रहेको गीत ‘मंगली’को भिडियो सार्वजनिक भएको छ । विकास सुवेदीले निर्देशन गरेको भिडियोमा आँचल शर्मा र सुशान्त खत्रीलाई फिचर्ड गरिएको छ । सुशान्त भारतीय डान्स रियालिटी शो ‘डान्स प्लस २’मा बलिउडका स्टार सलमान खान र कट्रिना कैफको अगाडि नृत्य गरेर चर्चामा आएका थिए ।

 

गीतमा शंकर थापा ‘स्माईल’को संगीत तथा प्रह्लाद शाहका शब्द रहेको छ । डश म्यूजिकले व्यबस्थापन गरेको गीतका प्रस्तोता गीतकार प्रह्लाद शाह हुन् । गीतको संगीत संयोजक उदयराज पौडेलले गरेका हुन् । भिडियोमा छायांकन अनिल के.मानन्धरको रहेको छ भने सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् ।

भिडियो हेर्नुहोस्:

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु