adv
adv

गायिका मिना राईको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

गायिका मिना राईले नयाँ गीत सार्वजनिक गरेकी छिन् । गायिका राईले स्वरसँगै संगित दिएको र मंगल राईको शब्द रहेको ‘अलिकति पिरतीको बैना देउ’ बोलको लोकपप शैलीको गीत बिहिबार एक कार्यक्रम गरी सार्वजनिक गरेकी हुन् । । दुई दर्जनभन्दा बढी गीत गायनका साथै एक दर्जनभन्दा बढी गीत रचना समेत गरिसकेको राईले सानै देखिको इच्छा, रुचिका कारण सांगतिक क्षेत्रमा आएकी बताइन् ।

बुद्ध स्वाङबोको एरेन्ज रहेको यो गीतलाई भर्जिन रेर्कडिङ स्टुडियोमा कुमार सिंजालीले रेर्कडिङ गर्नु भएको हो । गीतमा नेपाल टेलिभिजनको डान्स रियालिटीको सो रियो छमछमी सिजन ३ का फस्ट रनर–अप मनिता राईका साथै दिपेश राई, मनि के राई र सपना मगरको फिचरिङ रहेको छ । उनले भिडियोमा आफनो भुमिका केटा पछयाउने खालको रहेको बताउँदै रियलमा चाहीँ त्यस्तो नभएको समेत बताइन् । देवराज गुरुङको निर्देशन तथा कोरियाग्राफी रहेको भिडियोलाई गाउँले इन्टरटेनमेण्टका सुरश राई र गंगाराम राईले छायाँङकन गरेका हुन् । भने सम्पादन गंगा राम राईले गरेका हुन् ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु