adv
adv

चलचित्र ‘बोबी’ को अफिसियल ट्रेलर सार्वजनिक {यस्तो बन्यो हेर्नुहोस् }

असार २९ गतेबाट प्रदर्शनमा ल्याउन लागिएको चलचित्र ‘बोबी’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । उमेश थापा र कविता गुरुङको रियल लभस्टोरीमा बनेको यस चलचित्रमा रियल जोडीले नै अभिनय गरेका छन् ।
उमेश र कविताबीचको प्रेम, रोमान्स र विछोडलाई ट्रेलरमा प्रस्तुत गरिएको छ । यी दुईको प्रेम जीवनमा आउने उचारचढावको कथा ‘बोबी’ ले बोलेको छ । फिल्मलाई मिलन चाम्सले निर्माण तथा निर्देशन गरेका हुन् ।

फिल्ममा उमेश र कविताका साथमा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
उमेश नर्वेमा बसेर इन्जिनियरिङ पेशामा आवद्ध छन् भने कविता होस्टेल म्यानेजरको रुपमा काम गर्दै आएकी छिन् । उनिहरुको प्रेमकथालाई संचारकर्मी नरेश भट्टराइले शब्दमा उतारेका छन् । ‘बोबी’ को पहिलो प्रिमियर नर्वेको सुन्दर नगरी ओस्लोको भीका भिक्टोरिया हलमा सम्पन्न भएको हो ।

चाम्स इन्टरटेन्मेन्ट र लण्डन आइ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘बोबी’ मा ताराप्रकाश लिम्बुको संगीत, नवराज कृष्ण थापाको छायांकन र अर्जुन जीसीको सम्पादन रहेको छ ।

हेर्नुस् ट्रेलर :-

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु