adv
adv

६ दिने चीन भ्रमण सकाएर प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कंदै छन् ।

चीनको ६ दिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री गत असार ५ गते १२० जनाको जम्बो टोलीसहित त्यसतर्फ गएका थिए । ओली पूर्वनिर्धारित कार्यतालिका अनुसार आज स्वदेश फर्कन लागेका हुन् ।

प्रहरी स्रोतबाट प्राप्त जानकारी अनुसार, आइतबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओली अवतरण हुनेछन् ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा रेलमार्गलगायत विभिन्न सम्झौता भएको छ । सत्तारुढ दलले भ्रमण सफल भएको बताइरहेको छ तर, अन्य प्रतिपक्ष दलहरुबाट भने यसमाथि मिश्रित प्रतिक्रियाहरु आईरहेका छन् ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु