adv

बम आक्रमणबाट भाग्यबश बचे जिम्बाबेका राष्ट्रपति मनाङगाग्वा

बुल्वेओ शहरमा शनिबार भएको विस्फोटबाट जिम्बाबेका राष्ट्रपति इमर्सन मनाङगाग्वाले आफू भाग्यबश बाँच्न सफल भएको बताएका छन् । आफू रहेको स्थानबाट केही थोरै मात्रै इञ्च पर विस्फोट भएको उनको प्रतिकृया छ ।

ह्वाइट सीटी रंगशालामा शनिबार भएको चुनावी र्यालीमा समर्थकलाई सम्बोधन गरेर बाहिरिँदै गर्दा मनाङगाग्वामाथि लक्षित गर्दै बम विस्फोट भएको थियो । विस्फोटमा १५ जना घाइते भए पनि मनाङगाग्वा केही इञ्चले निसानामा पर्नबाट जोगिएको हो ।

उनले विस्फोटबारे संक्षिप्त प्रतिक्रिया दिँदै भनेका छन्-‘म भन्दा मात्रै केही इञ्च पर विस्फोट भयो । तर, यो मेरो समय थिएन ।’

आउँदो ३० जुलाईमा हुन गइरहेको चुनाव आफ्नो पक्षमा पार्न उनी केही दिनदेखि चुनावी अभियानमा लागिरहेका छन् । यही क्रममा शनिबार उनीमाथि हमला भएको हो ।

गत नोभेम्बरमा रोबर्ट मुगावेलाई सत्ताबाट हटाएर उनको स्थानमा मनाङगाग्वा पुग्न सफल भएका थिए ।

विस्फोटमा १५ जना घाइते भएको र ३ जनाको अवस्था गम्भीर रहेको त्यहाँको स्वास्थ्य मन्त्री डेभिड परिरेन्यिात्वाले बताएका छन् ।

उपराष्ट्रपति केम्बो मोहदीको भने खुट्टामा चोट लागेको छ । केही उच्च अधिकारी र तिनका अंगरक्षक पनि घाइते भएको त्यहाँका सञ्चारमाध्यमहरूबाट जानकारी आएको छ ।

प्रधानमन्त्रीलाई लक्षित गरेर शनिबार नै इथियोपियामा पनि ग्रिनेड आक्रमण भएको थियो । सो आक्रमणमा परि एक जनाको मृत्यु भएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु