adv

मुसहर समुदायको विकासमा प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री लालबाबु राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुसहर समुदायको समग्र विकासको लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
जनकपुरमा दक्षिण एसिया स्तरीय मुसहर समुदायको अगुवा भेलाको समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सबै भन्दा पछाडि रहेको मुसहर समुदायको उत्थानको लागि प्रदेश सरकारले अगामी आर्थिक वर्षमा थुप्रै योजनाहरु ल्याएको बताए ।
मुसहर समुदाय पछाडी पर्नुमा अशिक्षा नै प्रमुख कारक रहेको बताउँदै उनले बालबालिकाको शिक्षामा जोड दिन अगुवाहरुलाई आग्रह समेत गरे ।
अधिकार खोजेर मात्र नपाईने बताउदै उनले अधिकारको लागि पहिले आफै शिक्षित र सजग हुनु पर्ने उल्लेख गरे ।

नेपाल राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुख्यमन्त्री राउतले भने, ‘मुसहर डोम जस्ता समुदायसँग धेरै समस्याहरु छन, समस्याहरु हामी कहाँ ल्याउनु प्रदेश सरकार भ्याए सम्म सहयोग गर्न तैयार छ ।’
शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता समस्या समाधानका लागि प्रदेश सरकारले विशेष प्याकेजनै ल्याएको उल्लेख गर्दै उनले ती योजनाहरुबाट लाभ लिन आग्रह समेत गरे ।

भोर सस्थाको मुल आयोजनमा भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य राम अशिष यादव, पूर्व सभासद असर्फी सदा, राष्ट्रिय भूमि मुसहर विकास परिषद भारतका अध्यक्ष उमेश माझी, गजेन्द्र माझी, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र सहितको उपस्थिति रहेको थियो ।

सम्मेलनमा नेपाल भारत र बंग्लादेशका करिब २ सय ५० मुसहर समुदायका अगुवाहरु सहभागी भएका थिए । सम्मेलन आज सकिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु