adv
adv

एभरेष्टको शिक्षक सेवा आयोग तयारी कक्षाकोे उद्घाटन कार्यक्रम सम्पन्न

एभरेष्ट मल्टि टेक्निकल इन्टिच्युटले शिक्षक सेवा आयोग तयारी कक्षाको निःशुल्क ओरिन्टेसन उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । एभरेष्टको ट्रेनिङ हलमा भएको उक्त कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई झापाका प्रमुख योगेन्द्र बरालको उपस्थिति रहेको थियो । साथै शिक्षा विकासबाट उप–सचिव राम ढुंगेल, शाखा अधिकृत शालीकराम दाहाल, दमक नगरपालिकाका उप–सचिव शालीकराम काफ्ले, निवृत्त तालीम केन्द्र मोरङका प्रमुख अशोककुमार कालाखेतीको पनि उपस्थिति रहेको थियो भने विभिन्न विद्यालयबाट स्रोत व्यक्तिहरु लगायत विद्यालयका प्र.अ.हरु साथै तालिम विषयका विज्ञ प्रशिक्षकहरुको पनि उपस्थिति रहेको थियो ।


नजिकिदै गरेको शिक्षक सेवा आयोगको परिक्षालाई मध्यनजर गरी एभरेष्टले शिक्षकहरुलाई लक्षित गरेर यो कार्यक्रमको सुरुवात गरेको र २ महिनासम्म चल्ने उक्त कार्यक्रममा सहभागिहरुलाई शिक्षक सेवा आयोग सम्बन्धि तयारी कक्षाहरु दिईने इन्टिच्यूटका सञ्चालक एल.पि. फुयालले बताउनु भयो । तयारी कक्षामा शिक्षक सेवा आयोग सम्बन्धि विषयका विज्ञहरुद्वारा तालिम प्रदान गरिने साथै काठमाण्डौबाट आएका विज्ञ प्रशिक्षकहरुको उपस्थिति रहने कुराको जानकारी दिनु भयो ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु