adv

कोलम्बिया र पोल्याण्डबीच प्रतिस्पर्धा: विश्वकप फुटबल २०१८

फिफा विश्वकप फुटबल २०१८ अन्तर्गत आजरातिे समूह एच अन्तर्गत कोलम्बिया र पोल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।

दुवै टिमका लागि यो खेल नकआउट चरणमा पुग्ने सम्भावना कायमै राख्नका लागि निकै महत्वपूर्ण बन्नेछ । दुईबीचको खेल नेपाली समयअनुसार राति पौने १२ बजेदेखि सुरु हुँनेछ ।

समूह चरणको पहिलो खेलमा कोलम्बिया जापानसँग २-१ ले एकले हारेको थियो । पोल्याण्ड भने सेनेगलसँग दुई एकले नै पराजित भएको थियो ।

दोस्रो चरणको अन्तिम खेलका रुपमा रहेको यो खेलको विजेताले अन्तिम खेलमा जित निकालेमा नकआउट चरणको यात्रा पक्का गर्नेछ ।

चोटका कारण पुर्ण रुपमा फिट नभएपछि पहिलो खेलमा सब्स्टिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका जेम्स रोड्रिगेज आज सुरुवात देखि नै खेल्नेछन् ।

यता पोल्याण्डका स्ट्राइकर डाविड कोनास्कीले पहिलो खेलमा राम्रो खेलेका कारण आजपनि टिममा रहनेछन् ।

पहिलो खेलमा हार ब्यहोरेर पोल्याण्डले अहिलेसम्म विश्वकपका समूह चरण पार गर्न सकेको छैन ।

यता कोलम्बियाका कार्लो सान्चेजले पहिलो खेलमा रातो कार्ड पाएका कारण आज खेल्न पाउने छैनन् ।

सन् २००६ पछि यी दुई टिम पहिलो पटक मैदानमा उत्रँदैछन् ।

पछिल्लो पटक भएको खेलमा कोलम्बिया दुई एकले विजयी भएको थियो ।

युरोपियन टिम विरुद्ध कोलम्बियाले ९ खेलमा दुई खेलमा मात्र जित निकालेको छ । जसमा दुई बराबरी र ५ हार ब्यहोर्नु परेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु