परराष्ट्र मन्त्री ज्ञवालीले बुधवार संसदमा करिब ३ सय ३५ नेपालीहरू विभिन्न देशका जेलमा रहेको र उनीहरुलाई उद्धार गरी स्वदेश ल्याउन सरकारले प्रयास गरिरहेको उनले बताएका थिए।
श्रम मन्त्रालयका अधिकारीहरूले भने विदेशमा अलपत्र परेका कामदारहरूलाई नेपाल ल्याउने उचित विधिबारे अध्ययन गर्न एक कार्यदल गठन भएको बताएका छन्।
परराष्ट्र मन्त्री ज्ञवालीले विदेशमा अप्ठेरोमा परेका नेपाली कामदारको उद्धार गर्न प्रयास भइरहेको संसदमा बताएका हुन्। ।
नेपालीहरू रोजगारीको लागि जाने प्रमख गन्तव्य रहेका खाडी मुलुकहरुमा अदालतमा पुगेको विषय वा उनीहरुले पाएको सजाय जस्ता कुरामा पहल गर्न एकदम कठिन रहेको कतारका लागि पूर्व नेपाली राजदुत सुर्यनाथ मिश्र बताउँछन्।
उनले भने, यदि अदालतबाट सजाय तोकिसकिएको छ भने त्यो सजाय भुक्तान भएपछि मात्र ल्याउन सकिन्छ। यदि मुद्दा अदालतमा विचाराधीन छ भने निर्णय आएपछि र तोकिए अनुसार सजाय भुक्तान भएपछि मात्र ल्याउन मिल्छ ।
परराष्ट्र मन्त्रीका अनुसार साउदी अरेबियाका जेलमा मात्र २ सय २९ नेपाली छन्। यूएईमा ६३ र थाइल्याण्डमा ३९ जना नेपाली छन्। ।
सिङ्गापुर, लेबनन, बहराइन, र चीनका कारागारमा पनि नेपाली कामदार रहेको र उनीहरुको उद्धार गर्न श्रम मन्त्रालयसँग समन्वय गरिएको उनले बताए।