adv

सञ्चार क्षेत्रका लागि उपयुक्त नितिनियम निर्माण गर्नेछौँ

दमक ८ स्थित पत्रकार मञ्च दमकको कार्यालय आज औपचारिक रुपमा उद्घाटन गरिएको छ । पत्रकार मञ्च दमकको अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा एवम् सूचना तथा सञ्चार प्रविधि राज्य मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै मन्त्रीले पत्रकारहरु सम्मानित र मर्यादित हुनका लागि पत्रकार आफैले सचेत भएर काम गर्नु पर्ने बताए । उनले भने “पत्रकारीता क्षेत्रलाई प्रभावकारी र नितिगत रुपमा व्यवस्थित बनाउनका निम्ति सरकार सधैँ सकरात्मक छ । पत्रकारीता क्षेत्रलाई सहज, सुलभ र सुरक्षित बनाउनका निम्ति उपयुक्त कानुन निर्माण गरेर कार्यन्वयन गर्नेछौँ ।”
सो कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का सदस्य विमल लामिछाने, पत्रकार महासंघका प्रदेश पार्सद मिनप्रकास उप्रेति, संघिय प्रेस फोरमका केन्द्रिय सदस्य डिकेस लामा, दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल “राजन” लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रम पत्रकार मञ्च दमकका सचिव देशराज नेम्बाङले सञ्चालन गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु