adv

चुलाचु्ुलीमा असार पन्ध्र ।

ईलामको दक्षिणी भेगमा रहेको चुलाचुली गाँउपालीकामा आज सामुहिक रुपमा असार १५ को अवसरमा धान रोप्दै १५ औँ राष्ट्रिय धान दिवस मनाईएको छ । चुलाचुली गाउँपालीकाको सहकार्यमा साना किसान सहकारी संस्थाले गाउँपालीकामा सामुहिक धान रोपाई कार्यक्रमको आयोजना गरेको हो । साना किसान सहकारी संस्था चुलाचुलीका अध्यक्ष हेमकला खड्काको सभापतित्व रहेको कार्यक्रममा चुलाचुली गाँउपालीका अध्यक्ष प्रदिपचन्द्र राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा चुलाचली गाउँपालीका अधिकृत छवि खतिवडा, वडा नम्वर एक र दुईका वडा अध्यक्ष, वडा सदस्य, सामाजिक अगुवा लगायत चुलाचुलीका सबै वडाका स्थानियहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा गाउँपालीका अध्यक्ष प्रदिपचन्द्र राईले आउँदो आर्थिक बर्षका लागी विनियोजित बजेटमा कृषि सम्बन्धि कार्यक्रमलाई पहिलो प्राथमीकतामा राखिएको बताउनुभयो । त्यस्तै आयोजक संस्था साना किसान सहकारी चुलाचुलीका अध्यक्ष हेमकला खड्का बस्नेतले यस कार्यक्रम आयोजनाको मुख्य उदेश्य भनेको कृषि पेशालाई पुर्णरुपमा अर्गानिक तरिकाले अगाडी बढाउन सन्देश प्रवाह गर्नु रहेको बताउनुभयो । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै तत्कालिन पुर्व चुलाचुली गा.वि.स. अध्यक्ष ओमनारायण खनालले स्थानिय सरकारले कृषि प्रणालीलाई व्यवस्थित रुपमा अगाडी लैजान आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमा उपस्थित स्थानियलाई आयोजक सहकारी संस्थाले निःशुल्क टिसर्ट वितरण गरेर पञ्चेवाजा सहित सामुहिक धान रोपाई गर्दै दहिचिउरा बितरण गरी कार्यक्रम सम्पनन गरेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु