adv
adv

‘सत्रु गते’ले २ हलमा एक सय दिन पूरा गर्‍यो

मह सञ्चारको प्रस्तुति र किरण केसीको निर्माणमा बनेको फिल्म सत्रु गतेले राजधानीका दुई हलमा प्रदर्शनको एक सय दिन पुरा गरेको छ । गोपीकृष्णा र गुणमा फिल्मले यो सफलता हासिल गरेको हो ।

मल्टिस्टार फिल्म सत्रु गते गत चैतमा रिलिज भएको थियो । फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दिपाश्री निरौला, दिपकराज गिरी, किरण केसी, पल शाह, आँचल शर्मा, शिवहरी पौडेल, पि्रयंका कार्की लगायतको अभिनय रहेको छ ।

निर्माता केसीले भने -‘हामीले मन र मस्तिष्क प्रयोग गरेर यो फिल्म निर्माण गरेका थियौं, दर्शकहरुले मन पराइदिँदा हाम्रो प्रयासले सार्थकता पाएको छ।’
फिल्म सफल हुनुमा यसको स्टारकास्टको साथसाथै विषयवस्तु, र गीत संगीतको पनि हात रहेको केसीले बताएका छन् । फिल्मको ‘रुपै मोहनी’ बोलको गीतले यूट्यूवमा दुई करोड भ्युज क्रस गरिसकेको छ ।

सय दिन मनाएको उपलक्ष्यमा निर्माण पक्षले कुनै औपचारिक कार्यक्रम भने राखेको छैन । यसअघि ५१ दिन भव्य रुपमा मनाइएको थियो । सत्रू गतेको सफलताले मह जोडीलाई फिल्म निर्माणमा अघि बढ्न थप प्रोत्साहित गरेको छ । मह जोडी र किरण केसी मिलेर नयाँ फिल्म ‘दाल भात तरकारी’ निर्माण गर्ने घोषणा गरिसकेका छन् ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु