adv

विश्वकप फुटबल २०१८ मा आज ब्राजिल र मेक्सिको तथा बेल्जियम र जापान भिड्ने

विश्वकप फुटबलको प्रि क्वाटरफाइनलमा आज ब्राजिल र मेक्सिको तथा बेल्जियम र जापान भिड्नेछन् ।

पाँच पटकको विश्वकप विजेता ब्राजिल र लेटिन अमेरिकी राष्ट्र मेक्सिकोबीचको खेल सामरा एरिनामा नेपाली समय अनुसार वेलुकी पौने ८ बजे सुरु हुनेछ ।

रुसमा जारी विश्वकप फुटबलको समूह ई मा रहेको ब्राजिल समूह विजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो ।

पहिलो खेलमा स्विट्जरल्याण्डसँग १-१ गोलको बराबरीमा रोकिएको ब्राजिलले दोस्रो खेलमा कोष्टा रिकालाई २-० ले तथा अन्तिम खेलमा सर्वियालाई २-० ले हराएको थियो ।

उता मेक्सिको भने समूह एफ को उपविजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो ।

समूहका खेलमा जर्मनी र दक्षिण कोरियालाई हराएको मेक्सिको स्वीडेनसँग भने पराजित भएको थियो ।

त्यस्तै, आजै नेपाली समय अनुसार मध्याहान्न पौने १२ वजे बेल्जियम र जापान भिड्नेछन् ।

बेल्जियम समूह जी को विजेता तथा जापान समुह एफको उपविजेताको रुपमा नकआउट चरणमा पुगेका हुन् ।

समूह का सबै ३ खेल जितेको बेल्जियम उपाधि दावेदार टोली हो । जापान भने एसियाबाट राउण्ड अफ सिक्सटिनमा पुग्ने एक मात्र टोली हो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु