डेनमार्कलाई हराउँदै क्रोएसिया विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको खेलको पहिलो मिनेटमै डेनमार्कका माथियास योर्गेनसनले गोल गर्दै टिमलाई अग्रता दिए ।
यसको ३ मिनेटपछि क्रोएसियाका मारियो मान्डुकिचले गोल फर्काउँदै खेल बराबरी गरे ।
यसपछि दुबै टोलीले गोल थप्न नसक्दा खेल अतिरिक्त समयमा पुग्यो । अतिरिक्त समय सकिन ४ मिनेट बाँकी छँदा क्रोएसियाले पेनाल्टी हान्ने अवसर पायो ।
तर लुका मोड्रिचको प्रहार विफल भएपछि खेल टाई ब्रकेरमा पुगेको हो । टाई ब्रकेरमा क्रोएसिया ३-२ ले विजयी भयो ।
क्रोएसियाका आन्द्रे क्रामारिच, लुका मोड्रिच र ईभाँ राकिटिचले गोल गर्दा डेनर्माकको लागि सिमोन कायर र माईकल क्रोन डेलिले मात्रै गोल गरे ।
टाई ब्रेकरमा क्रोएसियाका दुई तथा डेनमार्कका तीन खेलाडीको प्रहार बिफल भयो ।
जितसँगै क्रोएसिया विश्वकप फुटबलको क्वाटरफाइनलमा पुग्दा डेनमार्ककको यात्रामा पूर्णविराम लागेको छ । क्रोएसियाले अब सेमिफाइनल प्रवेशका लागि आयोजक रुसको सामना गर्नेछ ।