adv
adv

आदर्शको पुरस्कार वितरण तथा विदाई कार्यक्रम सम्पन्न

दमक, १८ सोमबार

दमक आदर्श बोर्डिङ स्कुलले विभिन्न साँस्कृतिक कार्यक्रम गरी पुरस्कार वितरण तथा एस.ई.ई. का विद्यार्थीहरुको विदाई कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरुलाई विभिन्न विद्यामा पुरस्कार वितरण गरी, एस.ई.ई. परिक्षामा उत्कृष्ट अंक ल्याउने हेमन्त सिटौला र डेनिशा भण्डारीलाई प्रोत्साहन स्वरुप रु. ५०००/– दिएर सम्मान गरेको र कृति भट्टराई, रोसन कटुवाल, विपिन भण्डारी, पुजन महतो, मनिसा राई, सजल आचार्य लगायतका बिद्यार्थीहरुलाई  पनि प्रोत्साहन गरेको आदर्शका प्रिन्सिपल सूर्यबहादुर कटुवालले बताउननु भयो । बिद्यालयका बिद्यार्थीहरु द्वारा गायन, नृत्य जस्ता साँगितिक कासेलीहरु प्रस्तुत गरेका थिए l

विगत लामो समयदेखि विद्यालयमा शिक्षक पेशामा रहनु भएका रुपा बाँस्कोटा र सारदा बाँस्तोलालाई यस वर्षको उत्कृष्ट शिक्षक घोषणा गरी सम्मान गरेका थिए ।

उक्त कार्यक्रमको अध्यक्षता विद्यालयका अध्यक्ष कमल बस्नेतले गर्नुभएको थियो । साथै युनिक क्याम्पस प्रमुख लेखनाथ सेढाई, युनिक कलेज प्रा.लि.का अध्यक्ष नगेन्द्र बस्नेतले आतिथ्यता ग्रहण गर्नुभएको थियो ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु