adv
adv

गजल

नदि पनि शान्त हुन्छ समथल पुगेपछी
जसरी पिँजडाको सुगा जङ्गल पुगेपछि

ए सरकार तब मात्र ठुला सपना देखाउनु
हर गरिबका झुपडिमा चामल पुगेपछि

श्रीमानको बिदेशको दुख सबै बिर्सिन्छन
प्रत्येक महिना श्रीमतीलाई पार्सल पुगेपछि

हिजो सँगै खाली खुट्टा हुर्किएको साथीले
सबै बिर्सिदियो खुट्टामा चप्पल पुगेपछि

टाउको छोएर पनि, झुठै बोल्यो भने यदि
लिएर आउ सत्य बोल्छ बोतल पुगेपछि

– पवन गौतम

Advertise Expired !

One thought on “गजल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु