adv
adv

हरिस माथेमाको पुरानो पप लयमा नयाँ गीत {भिडियो}

कुनै बेलाको चल्तीको पप लयलाई हरिस माथेमाले नयाँ गीत मार्फत पुर्नताजकी थपिदिएका छन् । ‘साथी हो या संगी’ बोलको उक्त गीतको भर्खरै भिडियो सार्बजनिक गरिएको छ ।

नेपालमा २०५० को दशकमा चलेको पप गीतको लयलाई पस्किएर हरिसले पप संगीतलाई नयाँ ताज भरिदिएका छन् ।

मिना लामा र प्रशान्त दुवालले अभिनय गरेको गीतको भिडियो पनि निकै रोमान्चक बनेको छ ।
वाइट पिगन मिडिया प्रालीको आधिकारिक युट्यूब च्यानल डब्लुपी इन्टरटिमेन्टले भिडियोलाई सार्बजनिक गरेको छ ।

राजकुमार महर्जनको निर्देशनमा तयार भएको भिडियोमा युवायुवतीको आपसी आकर्षण र प्रेमभाव देखाउन खोजिएको छ ।

राजकुमार महर्जनकै लगानीमा तयार भएको भिडियो बसन्त महर्जनले खिचेका हुन ।

किरण गीरिले सम्पादन गरी स्टुडियो रिङले भिडियोलाई बजारमा ल्याएको हो ।

भिडियो:

 

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु