इलाम, १९ असार l
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामको आयोजनामा असार १७ गतेबाट सुरु भएको ३ दिने आधारभुत पत्रकारिता तालिम आज सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिती इलामका प्रमुख गणेश बरालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको फोनिज इलामका अध्यक्ष राम योङ्हाङले जानकारी दिनुभयो ।
कार्यक्रममा फोनिज केन्द्रिय सचीव कमन देवानले रिवन काटेर फोनिज इलामको कार्यलयको समुद्घाटन गर्नु भएको थियो साथै कार्यक्रमको सहजीकरणकोे भुमिका निर्वाह गर्नुभएको थियो ।
बिहानी सत्रको कार्यक्रममा कान्तिपुर राष्ट्रिय दैनिकका सह–सम्पादक तथा इलाम सम्बादाता बिप्लप दाहलले पनि सहजीकरणको भुमिका निर्बाह गर्नु भएको थियो । कार्यक्रम सम्पन्न गर्नका लागि जिल्लाका ३ स्थानिय तह इलाम नगरपालिका, चुलाचुली गाउपालिका र रोङ गाउपालिकाले आर्थिक सहयोग गरेको जनाइएको छ । कार्यक्रममा जिल्ला भरिका स्थानिय तहबाट ३५ जना सहभागिहरुले सहभागिता जनाएका थिए । कार्यक्रमको समापनमा सहभागिहरुलाइ प्रमाणपत्र वितरण गरिएको थियो ।