adv

गुह्येश्वरीको छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

झापाको कमल गाउँपालिका वडा नम्बर ५ स्थित गुह्येश्वरी आधारभुत विद्यालयले छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ । जेहेन्दार विद्यार्थीलाई हौसला प्रदान गर्ने मुख्य उद्देश्यका साथ वि.सं. २०६९ सालमा स्थापना गरिएको गुह्येश्वरी अक्षय कोषबाट बार्षिक रुपमा ब्याजबाट प्राप्त हुने रकम बाल प्रोत्साहन स्वरुप प्रदान गरिने गरिएको छ । कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुलाई पुरस्कार वितरण साथै १६ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । त्यसैगरि नेपाल सरकारबाट प्रदान गरिने छात्रवृत्तिमा ८ जना सिमान्तकृत, ७० जना दलित साथै अन्य ४५ जनालाई समेत छात्रवृत्ति प्रदान गरिएको थियो ।

विद्यालय ब्यवस्थापन समिति अध्यक्ष साथै अक्षयकोष सञ्चालक समिति सदस्य भोजकुमार घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि कमल गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष डम्बर निरौला साथै बिशेष अतिथि तोपगाछी स्रोतकेन्द्रका स्रोत ब्यक्ति केशव प्रसाद भट्टराई, गुह्येश्वरी अक्षयकोष समिति अध्यक्ष बासुदेव सापकोटा रहनु भएको थियो ।

कार्यक्रमका बीच यसै शैक्षिक सत्र २०७५ मा सोही विद्यालयमा एक बालिकालाई भर्ना गराएर अभिभावकत्व बहन गर्नु भएका वडा नम्बर ५ का वडाध्यक्ष डम्बर निरौलाले बालिकालाई २ जोर बिद्यालय पोषाकका साथै अन्य आवश्यक शैक्षिक सामग्री समेत प्रदान गर्नु भएको थियो । कार्यक्रममा वि.ब्य.स सदस्यहरु, शि.अ.संघ सदस्यहरु, अक्षयकोष सञ्चालक सदस्य र अभिभावक गरी झण्डै १५० जनाको उपस्थित रहेको थियो ।

सो विद्यालयमा अहिले कक्षा ४ सम्म अंग्रेजी माध्यममा अध्यापन हुदै गरेको जानकारी समेत बिद्यालयका सहायक प्र.अ विष्णु प्रसाद खनालले जानकारी दिनु भयो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु