adv

छात्रालाई दुर्ब्यवहार गरेपछि शिक्षक देबु बानियाँ पक्राउ

मेचीनगर–५ स्थित वालकल्याण माबिका एक शिक्षकले आफ्नै बिद्यालयकी छात्रामाथि दुर्ब्यवहार गरेपछि बिद्यालयले शिक्षकलाई तत्काल निलम्बन गरेको छ ।

वालकल्याण माविका शिक्षक देबु बानियाँले कक्षा ८ मा अध्ययनरत एक छात्रालाई दुर्ब्यवहार गरेको भन्दै अभिभावकका तर्फबाट शिक्षक वानियाँ बिरुद्ध बिद्यायलयमा उजुरी परे पछि शिक्षक बानियाँलाई तत्काल हाजिर नगराउने निर्णय गरिएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिलिपजंग सुब्बाले बताए ।

आफ्नी छोरीलाई दुर्ब्यवहार गरेको भन्दै छात्राका वुवाले शिक्षक बानियाँ बिरुद्ध असार १४ गते उजुरी गरे पछि असार १५ गते बसेको बिद्यालय ब्यवस्थापन समितिको बैठकले घट्नाको छानबिन गरी टुङ्गो नलागेसम्मका लागि शिक्षक वानियाँलाई बिद्यालयमा हाजिर नगराउने निर्णय गरेको समितिका अध्यक्ष लिम्बुले बताए ।

घटनाको यथार्थ छानबिनका लागि नगर शिक्षा समितिलाई अनुरोध समेत गरेको अध्यक्ष सुब्बाले जानकारी दिए ।
अभिभावक, शिक्षक र बिद्यार्थीहरु सहितको बैठकमा छात्राले आफुलाई शिक्षक बानियाँले दुर्ब्यवहार गरेको बताएकी बिद्यालय ब्यवस्थापन समितिका सदस्य रमा भण्डारीले जानकारी दिइन् ।

अभिभावकले शिक्षक बानियाँलाई कारबाही गर्नु पर्ने र सधैंका लागि बिद्यालयबाट निस्काशन गर्नु पर्ने माग राखेका छन् ।
अभिभावकले शिक्षक बानियाँ बिरुद्ध वडा कार्यालयमा समेत उजुरी दर्ता गराएका छन् ।

बानियाँले यस अघि पनि अर्की एक छात्रामाथि दुब्र्यवहार गरेको घटनामा पनि सार्वजनिक नगरी माफी मगाएर मिलाइएकोे अभिभावकहरु बताउँछन् ।
झापा टाइम्ससँग कुरा गर्दै बानियाँले आफुबाट केही कमजोरी भए पनि आरोप लगाइए जस्तो दुर्ब्यवहार भने नगरेको बताए ।
शिक्षक बानियाँ केही पत्रकारको रुपमा पनि काम गर्दै आएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु