adv
adv

सशस्त्रका ५ एआईजीले महानिरीक्षकसामु राजीनामा बुझाए

२१ असार, काठमाडौं । नेपाल सशस्त्र प्रहरीका पाँचजना अतिरिक्त महानिरीक्षक एआईजी०ले राजीनामा दिएका छन् । उनीहरुले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालमार्फत राजीनामा दिएका हुन् ।

राजीनामा दिने एआईजीहरुमा जानकीराज भट्टराई, सुवोध अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठ रेहका छन् ।
एआइजीहरुको राजीनामा महानिरीक्षक खनालले गृह मन्त्रालयका निमित्त सचिव रामकृष्ण सुवेदीलाई बुझाएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले १४ जेठ २०७४ देखि शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सबै नियुक्तिहरु खारेज गर्ने निर्णय गरेको थियो । जसअनुसार उनीहरुको पद धरापमा परेको थियो ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु