adv
adv

चलचित्र ‘बाबु कान्छा’को शिर्ष गीत सार्वजनिक {भिडियो}

प्रचारका लागि विभिन्न उपाय अपनाइरहेको चलचित्र ‘बाबु कान्छा’को शिर्ष गीत यसको निर्माणपक्षले युटुबमा सार्वजनिक गरेको छ । 

निर्देशक शोभित बस्नेत र नायक सलोन बस्नेत आफ्नै होम प्रोडक्शनको ब्यानरबाट निर्माण भएको यो चलचित्रलाई लिएर निकै उत्साहित देखिन्छन् । चलचित्रको शिर्ष गीतमा शम्भुजित बास्कोटाको स्वर, टंक बुढाथोकीको शब्द तथा संगीत छ ।

चलचित्रमा कलाकारहरु नीर शाह, सरोज खनाल, करिश्मा श्रेष्ठ, राजाराम पौडेल, लय संग्रौला, ऋतिक शाही, सम्राट सापकोटा, गीता अधिकारी, सुशान्त श्रेष्ठ, अश्लिन ज्ञवाली, ज्योत्सना महर्जनको मुख्य भूमिका रहेको छ ।

रवि अधिकारी कार्यकारी निर्माता रहेको ‘बाबु कान्छा’चलचित्रमा बाबु श्रेष्ठको छायांकन, रामजी लामिछाने र दिपेन्द्र तिमिल्सिनाको कोरियोग्राफी छ ।

अष्ट महर्जनको एक्सन रहेको चलचित्रमा राज खड्काको सम्पादन तथा टंक बुढाथोकीको संगीत छ । यो चलचित्र असार २९ गतेबाट रिलिज हुनेछ ।

भिडियो हेर्नुहोस्;

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु