adv

‘बोबी’ को रोमान्टिक गीत सार्वजनिक {भिडियो}

उमेश थापा र कविता गुरुङको वास्तविक प्रेमकथामा निर्मित फिल्म ‘बोबी’ को रोमान्टिक गीत सार्वजनिक भएको छ ।

यो फिल्ममा रियल कपलकै अभिनय छ । ‘अरे सुन…’ गीतमा ताराप्रकाश लिम्बुको शब्द तथा संगीत छ भने प्रविशा अधिकारी र संगीतकार लिम्बु आफैंले स्वर दिएका छन् ।

बनिश शाहको सम्पादन र कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा उमेश र कविता रोमान्टिक मूडमा देखिएका छन् । गीत हेरुन्जेल नर्वेको मनमोेहक लोकेशन र नवराज कृष्ण थापाको खिचाईले आँखालाई शितलता प्रदान गर्छ ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘बोबी’ मा संचारकर्मी नरेश भट्टराई/गिरिराज घिमिरेको स्क्रिप्ट, अर्जुन जिसीको सम्पादन र बसन्त सापकोटा/ताराप्रकाश लिम्बुको संगीत रहेको छ ।

मिलन चाम्स निर्देशित यस फिल्ममा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको पनि अभिनय छ ।

‘बोबी’ असार २९ गतेबाट प्रदर्शनमा आउँदैछ ।

भिडियो हेर्नुहोस्:

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु