adv
adv

पूर्वप्रेमी सिद्दार्थ सँग जम्काभेट हुँदा रातोपिरो भइन् आलिया भट्ट

बलिउड नायिका आलिया भट्टले केही दिनअघि आयोजित एक पार्टीमा अप्ठेरो स्थितिको सामना गर्नुपर्‍यो । भारतका धनाढ्य मुकेश अम्बानीका छोरा आकाशको ईंगेजमेन्ट पार्टी थियो त्यो ।

अचेल जहाँ पनि आलिया आफ्ना नयाँ प्रेमी रणवीर कपुरको साथमा पुग्ने गर्छिन् । उनीहरु खुलेरै प्रेम गरिरहेका छन् । सो पार्टीमा पनि उनी रणवीरकै साथ पुगेकी थिइन् ।तर, पार्टीमा पस्नासाथ उनको जम्काभेट भयो पूर्वप्रेमी सिद्दार्थ मल्होत्रासँग । त्यसपछि आलिया रातोपिरो भइन् । सिद्दार्थ पनि केही सोच्न सकिरहेका थिएनन् । वरिपरीबाट क्यामराले उनीहरुलाई घेरिहाले ।

अन्ततः मन नलागि-नलागि आलिया र सिद्दार्थले एक अर्कालाई अंकमाल गरे । यो अंकमालले पक्कै पनि उनीहरुलाई पुराना दिनहरुमा फर्काएको हुनुपर्छ । उनीहरुले अंकमाल गर्दा रणवीरको अनुहार भने हेर्न लायक थियो ।

छोटो अंकमालपछि उनीहरु छुट्टएि र आलिया रणवीरसँगै रमाइन् ।सिद्दार्थ र आलियाबीच लामो समय प्रेम थियो । तर, फिल्म ‘ब्रम्हास्त्र’ को सुटिङका क्रममा आलिया रणवीरसँग नजिकिइन् र सिद्दार्थलाई छाडिदिइन् ।

अहिले रणवीर र आलियाको प्रेम उत्कर्षमा छ । उनीहरु मिडियामा पनि एक-अर्काको प्रशंसा गरेर थाक्दैनन् । हालै रणवीरको फिल्म ‘सञ्जु’ हेरेपछि आलियाले यो आफूले हेरेका फिल्मध्ये उत्कृष्ट रहेको प्रतिक्रिया दिएकी थिइन् । यसअघि रणवीरले पनि आलियाको फिल्म ‘राजी’ को यस्तै प्रशंसा गरेका थिए ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु