adv

मन्त्रीको गुनासोः केही गर्न खोज्यो, अदालतले हुँदैन भन्छ

-सन्देश श्रेष्ठ

पर्यटनमन्त्री रविन्द्र अधिकारीले नयाँ र राम्रो काम गर्न खोज्दा अदालत र अग्रजले रोकेको आरोप लगाएका छन् ।

शनिबार पोखरामा आयोजित अन्र्तक्रिया कार्यक्रममा मन्त्री अधिकारीले अदालतका कारण पनि काम गर्न समस्या परेको गुनासो गरे । उनले भने, ‘नयाँ केहि गर्न खोज्यो, हुँदैन भन्छ, यसले समस्या पारेको छ ।’

\अदालतसँगै अग्रजले पनि रोक्ने गरेको भन्दै उनले अरुले त पैसा खाएर काम गर्न लाग्यो भनेर आरोप लगाउने गरेको गुनासो गरे । उनले भने, ‘अहिले क्यासिनो खोलौं, यसले पर्यटक बढाउने काम गर्छ भनेर प्रस्ताव गर्‍यो भने यसले पैसा खाएर क्यासिनो खुलाउन लागेको भनेर आरोप लगाउँछन् ।’

राम्रो काम गर्न खोज्दा पनि बिरोध गर्ने व्यक्तिगत लाञ्छना लगाउने गरेकाले समस्या भएको उनले बताए ।

तीन तहको सरकारले काम नहुनुको दोष एकले अर्कोको थाप्लोमा राखिदिने प्रवृत्ति पनि देखिएको उनले बताए । मन्त्री अधिकारीले भने, ‘स्थानिय तहले प्रदेश सरकारलाई, प्रदेश सरकारले संघीय सरकारलाई र संघीयले प्रदेश र स्थानिय तहलाई काम गरेर भनेर आरोप लगाउने काम भइरहेको छ । यो विकास र समृद्धिको लक्ष्यमा डरलाग्दो समस्या भएर आएको छ ।’

जिर्ण र जोखिमयुक्त सडक र प्रदुषणका कारण पर्यटकहरु नेपाल आउन नचाहिरहेको उनले सुनाए । अधिकारीले पर्यटक बढाउन सडक निर्माण र प्रदुषण न्यूनिकरणमा निकै काम गर्नुपर्नेमा जोड दिए ।

१ वर्ष भित्रमा पर्यटनको क्षेत्रमा देखिने गरी काम गर्ने बताउँदै उनले पर्यटन विकासका लागि पञ्च वषिर्य योजना र बिजनेस स्टारटिजीकल प्लान बनाएर काम गर्ने बताए । एक वर्षभित्र भैरहवा विमानस्थल बनिसक्ने दाबी गर्दै पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलको रन-वे समेत सन् २०१९ भित्र बनाईसकेर वैकल्पिक अवतरणको लागि प्रयोग गर्न सकिने बताए ।

मन्त्री अधिकारीले पोखरालाई सेन्टर बनाएर नेपालगञ्ज, विराटनगर, जनकपुरलगायतमा हवाई उडान शुरु गर्ने, पोखराबाट चाँडै नै भारतका विभिन्न सहरमा हवाई यात्राले जोड्ने योजना सुनाए । उनले भने, ‘म आँट र दृढताका साथ भन्छु । पर्यटन सुरक्षित छ, ढुक्क भएर लगानी गर्नुस् ।’

-साभार

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु