adv

साम्राज्ञी र आर्यनको ‘कायरा’ यात्रा {केही रोमान्टिक तस्बिरहरु हेर्नुहोस्}

नायिका साम्राज्ञी र नायक आर्यन सिग्देलराज्यलक्ष्मी शाह दुबैले लभ स्टोरी चलचित्रबाट चर्चा पाउने गरेका छन् । आर्यनले आफ्नो सिने यात्रामा केही चलचित्रमा मात्र आफूलाई फरक देखाउने प्रयास गरेपनि उनको चकलेटी अनुहार नै विकेको थियो । साम्राज्ञीका लागि त लभ स्टोरी चलचित्र नै बरदान साबित हुँदै आएको छ ।

यसैले पनि साउनको १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कायरा’मा यी दुइको रोमान्स, विछोड, पीडा र भोगाई हेर्न सकिन्छ । ट्रेलर सार्वजनिक भैसकेको चलचित्रले आर्यनको करिअर फर्काउने र साम्राज्ञीको स्टारडम बढाउने अपेक्षा गरिएको छ ।

लक्ष्मण रिजालको निर्देशनमा तयार भएको यो चलचित्रका केही तस्बिरमा आर्यन र साम्राज्ञी रोमान्टिक देखिएका छन् । लामो समयसम्म पर्दामा आर्यनलाई नदेखेका दर्शकका लागि यो चलचित्र विशेष हुनेछ । साथमा, आर्यन र साम्राज्ञीको जोडी पर्दामा कस्तो देखिएला भन्ने कौतुहलता दर्शकमा छाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु