adv
adv

‘मेरी मामु’को फस्टलुकमा आयुवलाई मात्र स्थान

भदौ १५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मेरी मामु’को फस्टलुकमा बाल-कलाकार आयुव सेनलाई मात्र स्थान दिइएको छ । आशुसेन फिल्मस्को चौथो प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् । 

यम थापाले यो चलचित्रको लेखन तथा निर्देशन गरेका हुन् । आमा र छोराको सम्बन्ध बोकेको यो चलचित्रमा नायिका अश्लेषा ठकुरी, नायक सारुक तााम्राकारको साथमा नव-नायिका कुसुम गुरुङ र दुर्गा मल्लको मुख्य भूमिका छ ।

निर्माता सन्तोष सेनका अनुसार, अहिलेसम्म चलचित्रको ७० प्रतिशत छायांकन सकिएको छ । चलचित्रको छायांकन, स्वरांकन, सम्पादनको काम एकसाथ अगाडि बढेकाले पनि भदौ १५ मा चलचित्र रिलिज गर्न कुनै कठिन नभएको सेनले बताए ।

छोरा आयुबको अभिनयले समेत आफू निकै खुशी भएको सेनले दाबी गरे । उनले, दर्शकले एउटा राम्रो कथामा चलचित्र हेर्न पाउने बताएका छन् ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु