adv

अशोकबारे गरिएको आलोचना र ट्रोलले टंकलाई भयो तनाव !

गायक तथा संगीतकार टंक बुढाथोकी पछिल्लो समय अशोक दर्जीका कारण चर्चामा आए ।

बिहान बेलुकाको छाक टार्न समेत गाह्रो परिरहेको एक बालकलाई टंकले सहज जीवन शैली दिने प्रयास गरे । राम्रो गाउन सक्ने तर पहुँच नभएका कारण ठाउँमा पुग्न नसकेका अशोकलाई उनले गाउँबाट काठमाडौं ल्याए र एकाएक गायक बनाइदिए ।

काठमाडौं आएर एउटा गीत सार्वजनिक गर्ने वित्तिकै अशोकलाई स्टेज कार्यक्रमहरुमा भ्याई नभ्याई भएको छ । यो सबै टंक बुढाथोकीको सहयोगले सम्भव भएको हो । साथै टंकले अशोकको शिक्षाको पनि ख्याल गर्दै विद्यालयमा भर्ना समेत गरिदिएका छन् ।

तर उनले गरेका यी सबै कामले उनी पछिल्लो समय आलोचनाको सिकार भएका छन् । अशोकलाई सहयोग गर्दा उनी स्वंयमलाई भने तनाव सिर्जना भएको छ । सामाजिक सञ्जालमा उनका बारेमा नकारात्मक टिकाटिप्पणीहरु भइरहेका छन् । धेरैले उनले यो काम आफ्नो स्वार्थको लागि गरिरहेको आरोप पनि लगाएका छन् ।

अशोक काठमाडौं आएदेखि नै टंकले अशोकका हरेक पलहरु युट्यूबमा भिडियो बनाएर सेयर गर्ने गरेका कारण टंकलाई धेरैले पैसाको लागि अशोकलाई प्रयोग गरेको आरोप समेत लगाएका छन् । यहि कारण टंक पछिल्ला केही दिनहरुमा बढी ट्रोल भइरहेका छन् । आफ्नो कामलाई आलोचना गरेको र ट्रोल बनाएको कुराले टंकलाई तनाव भएको छ । उनले सामाजिक सञ्जाल मार्फत नै यस्ता कुराहरुले आफूलाई अशोकको लागि अझ राम्रा कामहरु गर्न समस्या भइरहेको बताएका छन् ।

हालै मात्र सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले आफूलाई यस्ता टिप्पणीले अशोकका लागि अझ राम्रा कामहरु गर्न कठिन भइरहेको र यस्ता भ्रमक कुराहरु नगर्न सबैलाई अनुरोध पनि गरेका छन् ।

विशेष गरी उनले भ्रम फैलाउने खालका युट्यूबका टाइटलहरुसँगै आफ्नो बारेमा भएका विभिन्न नकारात्मक ट्रोलहरु प्रति आपत्ति पनि जनाएका छन् । उनले आफूले अशोकका लागि गरेका कामहरु कसैलाई चित्त नबुझेको भए सोझै सकारात्मक प्रतिकृया दिन आग्रह गरेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु