adv
adv

‘रेस ३’बन्यो यस वर्षको सर्वाधिक बढी कमाउने तेस्रो फिल्म

बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘रेस ३’ रिलिज भएको एक महिना हुँदैछ । यसबीच फिल्मले वर्ल्डवाइड ३ सय करोडको कलेक्सन पूरा गरेको छ, जसकारण अब ‘रेस ३’ यस वर्षको सबैभन्दा बढी कमाउने तेस्रो फिल्म बनेको छ ।

यो फिल्मले बक्सअफिसमा सानदार सुरुवात गरेको थियो । फिल्मले प्रदर्शनको मात्र तीन दिनमा सय करोेडको कलेक्सन पार गरेको थियो । तर, फिल्म समीक्षकको नेगेभिट रिभ्यू र अनलाइन लिकका कारण दोस्रो हप्तादेखि फिल्मको कमाईको प्याराग्राफ निकै तल झर्‍यो ।

फेरि फिल्मको तेस्रो हप्तामा ‘सञ्जू’ रिलिज भयो, जसको कारण ‘रेस ३’ को कमाईमा झन् बढी असर देखियो । बक्सअफिस इन्डियाको रिपोर्ट अनुसार, योे फिल्मले प्रदर्शनको २४ दिनमा वर्ल्डवाइड ३ सय ३ करोडको कलेक्सन गरेको छ ।

फिल्मले सबैभन्दा बढी ५१.५ लाख डलरको कमाई गल्फ देशबाट गरेको छ । फिल्मको दोस्रो सबैभन्दा ठूलो मार्केट यूनाइटेट किंगडम रह्यो, जहाँ फिल्मले ११.७ लाख डलरको विजनेश गर्‍यो ।

‘रेस ३’ एक मल्टिस्टारर फिल्म हो । यसमा सलमान खानका अलावा बबी देओल, अनिल कपूर र ज्याकलिन

फर्नान्डिसले अभिनय गरेका छन् । फिल्मका निर्देशक रेमो डिसूजा हुन् ।

-एजेन्सी 

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु