मैथिली भाषाको सबैभन्दा महंगो फिल्म बताइएको ‘प्रेमक बसात’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । प्रेमकथामा आधारित यो फिल्मले हिन्दू र मुश्लिमले एकअर्कासँग बिहे गर्दा आइपर्ने समाजिक समस्याको कथा बोल्छ ।
यसमा नेपालका मोडल पियूष कर्णको लिड अभिनय छ । सहकलाकारको रुपमा कल्कत्ताकी चर्चित नायिका रैना बेनर्जीले अभिनय गरेकी छन् । वेदान्त झाले निर्माण गरेको ‘प्रेमक बसात’ को रुपक सरारले निर्देशन गरेका हुन् ।
सरोज सुमन, प्रवेश मल्लिक, एस. कुमारले फिल्मका गीतमा संगीत भरेका छन् । जेएनके इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको नेपालसहित भारत, दुबई, कतार अष्ट्रेलियालगायतका देशमा एकसाथ प्रदर्शन हुने निर्माता झाले जानकारी दिए ।
यो फिल्मको ‘ललमुनियाके ताडी’ बोलको एक आइटम गीतमा नेपाली अभिनेत्री नम्रता सापकोटाले ठुम्का लगाएकी छन् । फिल्मको सम्पूर्ण गीत संगीतलाई भारतकै सबैभन्दा ठूलो कम्पनी टी सिरिजले बजार व्यवस्थापन गरेको छ ।
ट्रेलर हेर्नुहोस् :