एभरेष्ट मल्टी टेक्निकल कलेजले कोरियन भाषा पास गर्ने विद्यार्थीलाई भ्याली मल्टी एजुकेशन, काठमाण्डौँबाट आउनु भएका कोरियन भाषा प्रशिक्षक तथा संस्थापक मनबहादुर राईबाट विशेष परामर्श तथा नयाँ विद्यार्थीका लागि तयारी गर्ने विषयको बारेमा जानकारी दिनु भएको थियो ।
त्यसै गरी एभरेष्ट मल्टी टेक्निकल कलेजका सर्टिफाइड तथा बुक ट्रान्सलेटर एल.पि.फुयालले एभरेष्टबाट कोरियन भाषा पास हुने विद्यार्थीहरुलाई आगामी दिनमा प्रोसेस र कोरिया गएपछि अपनाउनु पर्ने विषयहरुको बारेमा प्रस्ट्याउनु भएको थियो ।
यस पटक एभरेष्टबाट ई.पि.एस. २०१८ को परिक्षामा १२४ जना विद्यार्थीहरुले सफलता हासिल गरेको साथै आगामी दिनहरुमा अझै उत्कृष्ट नतिजाहरु ल्याउने कुराको जानकारी एभरेष्टका संस्थापक गोपाल ढकालले बताउनु भयो ।
कोरियन भाषा प्रशिक्षक विनोद सिटौलाले उपस्थित सम्पूर्ण प्रशिक्षार्थीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।