२० वर्षको अन्तरमा तेस्रो पटक विश्वकपको फाइनल पुगेर दोस्रो उपाधि जितेको फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्पले अर्को कीर्तिमान रचेका छन् ।
रूसमा आइतबार सम्पन्न फाइनलमा क्रोएसियालाई ४-२ गोल अन्तरले हराउँदै उपाधि जिताएका फ्रान्सका प्रशिक्षक डेसच्याम्पले उक्त इतिहास बनाएका हुन्।
उपाधिसँगै डेसच्याम्प खेलाडी र प्रशिक्षकको रुपमा विश्वकप जित्ने तेस्रो व्यक्ति बनेका हुन्।
फ्रान्सले २० बर्षअघि सन् १९९८ को विश्वकप उपाधि जित्दा डेसच्याम्प खेलाडीका रूपमा फ्रान्सको नेतृत्व सम्हालेका थिए।
फ्रान्समै भएको उक्त विश्वकपमा उनी फ्रान्सका कप्तान थिए।
यसअघि खेलाडी र प्रशिक्षक भएर विश्वकप जित्नेमा ब्राजिलका मारियो जागाल्लो र जर्मनीका फ्रन्स बेकनबउर थिए।
जागोलोले सन् १९५८ र १८६२ मा खेलाडीको रुपमा लगातार दुई विश्वकप जितेका थिए भने ८ वर्षपछि १९७० मा ब्राजिललाई तेस्रो पटक च्याम्पियन बनाउँदा प्रशिक्षकको भूमिकामा थिए।
सन् १९७४ मा पश्चिम जर्मनीबाट कप्तानको रुपमा विश्वकप जितेका बेकनबाउरले १९९० मा प्रशिक्षकको रुपमा जर्मनीलाई विश्वकप जिताएका थिए।
-एजेन्सी