adv

साउन १ गतेबाट उपत्यकामा बक्सअफिस प्रणाली लागू हुने

नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि प्रतीक्षा भइरहेको बक्सअफिस प्रणाली साउन १ गतेबाट उपत्यकामा लागू हुने भएको छ । केही हलबाहेक अधिकांशमा बक्सअफिस सिस्टम जडान भइसकेको छ ।

चलचित्र विकास बोर्डबाट सुत्रले दिएको जानकारी अनुसार, असार मसान्तभित्र उपत्यकाका सबै हलमा बक्सअफिस सिस्टम जडान हुनेछ । साउन १ गते सञ्चारमन्त्री गोकुल बाँस्कोटाले उपत्यकामा औपचारिक रुपमा बक्सअफिसको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।


गएको बैशाख १ गतेबाट नै काठमाडौंमा बक्सअफिस लागू हुने चलचित्र विकास बोर्डले घोषणा गरेता पनि कार्यन्वयन हुन सकेको थिएन ।

वर्तमान सरकारद्वारा जारी ०७५/०७६ को बजेटमा राजश्व संकलन गर्नका लागि आगामी आर्थिक वर्षबाट बक्स अफिस प्रणाली (ई–टिकेटिङ सिस्टम) लागू गर्ने निर्णय पश्चात् साउन १ गतेबाट उपत्यकामा बक्सअफिस प्रणाली लागू हुन लागेको हो ।

उपत्यका बाहिरका हलमा भने अर्को आर्थिक वर्षको अन्त्यसम्ममा बक्सअफिस सिस्टम जडान गरिसक्ने चलचित्र विकास बोर्डको तयारी छ । बक्सअफिस लागू नहुँदा वर्षौदेखि निर्माताहरुले आफ्नो फिल्मको यकिन कलेक्सन हात पार्न सकेका थिएनन् ।

तर अब बक्सअफिस लागू भएपछि अनलाइन डाटाको माध्यमबाट फिल्मको कमाईको सम्पूर्ण जानकारी प्राप्त हुनेछ । राज्यलाई पनि राजश्व संकलनमा ठूलो मद्दत पुग्नेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु