adv

फिल्म ‘टिनएज’ को ‘मेरी छोरी’ बोलको गीत सार्वजनिक {भिडियो}

साउन २५ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘टिनएज’ को ‘मेरी छोरी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा माता-पिताको छोरी प्रेम देखाइएको छ ।

राजेश पायल रार्इ, टिका प्रसाइ र दर्शना महर्जनको आवाज रहेको गीतमा विकास चौधरीको संगीत र हरी उप्रेतीले शब्द लेखेका छन् ।


निर्देशक दिनेश पाख्रिन निर्देशित यस फिल्मले युवापुस्ताको कथा बोकेको छ । ‘टिनएज’ मा नरेश वीर सिंह, प्रतिक्षा खड्का, एन्जीला खड्गी, कृष्ण सिवाकोटी, सरिता राजभण्डारी, सरोज शाहलगायतका कलाकारको अभिनय रहेको छ ।

विकास चौधरी र बसन्त सापकोटाको संगीत रहेको फिल्ममा डा. कृष्णहरी बराल, हरी उप्रेती र सबिना केसीको गीत रचना छ । यसमा दिक्षा पाख्रिन, लिगेश भट्टराई, सोम लामा, जनक कार्की र दिपक सिंहको कोरियोग्राफी रहेको छ ।

हेलेन पाख्रिन फिल्मस्को ब्यानरमा हेलेन पाख्रिनको प्रस्तुती ‘टिनएज’ लाई बिरु मगर, बुद्धिमान स्याङतान, चिनीमाया पाख्रिन र देविका खड्गीले संयूक्त रुपमा निर्माण गरेका हुन् ।

भिडियो हेर्नुहोस् :

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु