adv

ट्याटु चलचित्रकै लागि हो ? भनेर सोध्दा साम्राज्ञी रिसाइन् झनक्क

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको ट्याटु प्रकरण पुरानो भइसकेको छ । अहिले उनलाई कसैले यो प्रसंग कोट्यायो भने झनक्क रिसाइहाल्छन् ।

फिलिपिन्समा फिल्म ‘कायरा’ को सुटिङमा रहँदा उनको वक्षस्थलमुनिको ट्याटु सार्वजनिक भएको थियो । के त्यो ट्याटु चलचित्रकै लागि थियो ? यति सोध्दा नै साम्राज्ञी रिसाइन् । उनले भनिन्-‘मलाई यस्तै कुराले रिस उठ्छ । जसलाई पनि रिस उठ्छ ।’

नायक आर्यन सिग्देलले गर्धनमा ट्याटु खोप्दा साम्राज्ञीले वक्षस्थलमुनि ट्याटु खोपेकी थिइन् । आर्यनले त्यो ट्याटु चलचित्रकै लागि थियो या थिएन भन्ने चलचित्र हेरेपछि मात्र थाहा हुने बताए ।

तर, साम्राज्ञीले भनिन्-‘मैले कहिले भने त्यो ट्याटु चलचित्रको लागि थियो भनेँ ? तपाईंहरु यस्तै कुरा पत्याउनुुहुन्छ अनि ।’

साम्राज्ञीले चलचित्रका लागि नभएर व्यक्तिगत रहरले ट्याटु खापेको प्रष्टीकरण आर्यनले दिएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु