दक्षिण कोरियामा गत विहीवार यता गर्मी अत्याधिकरुपमा बढेको छ । दिउसो अपरान्ह्को तापक्रम ३४ डिग्री सेल्सीयस पुगेको छ भने आगामी दिनमा ३८ डिग्री सेल्सीयस सम्म पुग्ने यहाँको मौषम विभागले पुर्वनुमान गरेको छ ।
यसैबीच अत्याधिक गर्मी बढेपछि ह्दयघात भएर चार जनाको ज्यान गएको र ५५० भन्दा बढि विरामी परेका छन् । कृषि मन्त्रालयका अनुसार गर्मीका कारण चार लाख दश हजार कुखुरा, दश हजार हाँस र १ हजार बुंगुर मरेका छन् । गर्मी बढे यता जुलाई १३ सम्म कृषकका विभिन्न फार्ममा सो संख्यामा पशुपक्षि र पाल्तु जनावरको मरेको मन्त्रालयले जनाएको छ ।
यसैबीच अत्याधिक गर्मी जारी रहेपछि स्वास्थ्य अधिकारीहरुले आफ्नो स्वास्थ्यको ख्याल गर्न सुझाव दिएका छन् । गर्मीका कारण हुन सक्ने ह्दयघात, थकान जस्ता विरामीबाट जोगिन आवश्यक ख्याल गर्न र गर्मीबाट जोगिन सनस्क्रिन, लामो र पातलो सर्ट र बाहिर निस्कदा टोपी या छाता प्रयोग गर्न अधिकारीहरुको सुझाव छ ।