adv

‘पण्डित बाजेको लौरी’ का वितरक र ‘चक्कर’ का निर्माता बीच हातपात

यो शुक्रवार तीन फिल्म प्रदर्शनमा आउँदैछन्- ‘भैरे’, ‘पण्डित बाजेको लौरी’ र ‘चक्कर’ । प्रत्येक हप्ता दुईभन्दा बढी फिल्मको भिडन्त अचेल सामान्य भइरहँदा यसबाट हरेक साता नयाँ दुश्मनी भने जन्मिरहेको छ । भनिन्छ नी, ‘हरेक साताको शुक्रवार नयाँ दुश्मनी र नयाँ मित्रताको सुरुवात हुन्छ ।’

(निर्माता रविन आचार्य र वितरक गोविन्द शाही)

एकै मितिमा आफ्नो फिल्मसँग अर्को फिल्म रिलिज हुँदा निर्माता-निर्माताबीच पानी बारबार हुनु नौलो होइन । यस हप्ताको शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पण्डित बाजेको लौरी’ का वितरक र ‘चक्कर’ का निर्माताबीच पानी बाराबार मात्र नभएर हातपातकै स्थीति सृजना भएको छ ।

गएको तीन दिन अगाडि काठमाडौंको दरवारमार्गमा रहेको होटल उडल्याण्डमा फिल्म ‘पण्डित बाजेको लौरी’ को पत्रकार भेटघाट कार्यक्रम राखिएको थियो । कार्यक्रम सकिएपछि यसको टिमसँग भेट गर्न ‘चक्कर’ का निर्माता रविन आचार्य त्यहाँ पुगेका थिए ।

सोही बखत वितरक गोविन्द शाहीले आफूले वितरण गर्न लागेको फिल्मसँग ‘चक्कर’ जुधाउन लागेको भन्दै निर्माता रविनमाथी हातपात गरेका छन् । नेपाल चलचित्र प्रविधिक संघले आफ्नो कार्यसमिति सदस्यमाथि हातपात भएकोमा गम्भिर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ती निकालेको छ ।

(विज्ञप्ती)

संघले शाहीमाथि कडाभन्दा कडा कारबाही गर्न पनि अनुरोध गरेको छ । संघका अध्यक्ष पुष्कर लामाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘डाइङ क्यान्डल’ र ‘चक्कर’ जस्तो फिल्म बनाएर चलचित्र उद्योग ध्वस्त पार्ने भनेर आचार्यमाथि हातपात गरेकोमा संघ गोविन्द शाहीको कार्यको घोर भत्र्सना गर्दछ ।’

तर, वितरक शाही आफूले रविनमाथि हातपात नगरेको बताउँछन् । बुधवार ‘पण्डित बाजेको लौरी’ को प्रिमियरमा भेटिएका उनले भने, ‘मैले हातपात गरेको छैन । उहाँले आफ्नो फिल्मको प्रचार प्रसार कमजोर भएका कारण फण्डा निकाल्नुभएको हो । हो, उहाँसँग कुराकानी भएको थियो तर हातपात गरेको भन्ने कुरामा सत्यता छैन ।’

स्मरण रहोस्, वितरक शाहीले गएको वर्ष वितरक गोपालकाजी कायस्थमाथि पनि फिल्मको विषयलाई लिएर दुव्र्यवहार गरेका थिए । वितरक तथा ‘लिलिबिली’ का निर्माता समेत रहेका गोविन्द शाहीको ‘डन’ प्रवृतिको चलचित्रकर्मीले घोर भत्र्सना गरेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु