adv
adv

प्रायः आमाको भूमिका निभाउने भारतीय कलाकार रीता भादुडीको निधन

टेलिभिजन तथा चलचित्रमा प्रायः आमाको भूमिका निभाउने दिग्गज भारतीय कलाकार रीता भादुडीको मंगलबार निधन भएको छ ।

वरिष्ठ कलाकार शिशिर शर्माले ट्वीट गर्दै भादुडीको निधन भएको पुष्टि गरेका हुन् । शर्माले लेखेका छन्, ‘एकदमै दुःखका साथ म यो भन्दैछु कि रीता भादुडीजी अब हामीबीच हुनुहुन्न । उहाँ हामी सबैका लागि आमासरह हुनुहुन्थ्यो । हामी सबै उहाँलाई सम्झिरहनेछौँ ।’

मृगौलाको रोगबाट पीडित रीता पछिल्लो केही दिनदेखि बिरामी थिइन् । रीता पछिल्लो समय टेलिसिरियल ‘निमकी मुखिया’ मा इमरती देवीको भूमिका निर्वाह गरिरहेकी थिइन् ।

६२ वर्षीया रीताले टेलिभिजन शोका अलावा कैयौँ चलचित्रमा प्रमुख भूमिका निर्वाह गरेकी थिइन् । रीताको आजै मुम्बईमा अन्तिम संस्कार गरिएको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु