adv

स्विट सिटिको वृक्षारोपण कार्यक्रम सम्पन्न

लायन्स क्लव अफ दमक स्विट सिटिले दमक–२ स्थित वेलडाँगीको हंसे दुम्से सामुदायिक वनमा वृक्षारोपण गर्ने कार्यक्रम सम्पन्न गरेको छ ।

इन्भ्यारोमेन्ट चिफ बबरजङ थापाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा यसै वडाका वडाध्यक्ष, हंसे दुम्से सामुदायिक वन, वडा प्रहरी कार्यालयका ईन्चार्ज र अन्य समाजसेवी व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथिले – “दमकका लायन्स क्लबहरुले विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको र स्विट सिटिको यस कार्यक्रमलाई हृदयदेखि नै बधाई तथा शुभकामना व्यक्त गर्नुभयो”

वन कार्यालयको सहकार्यमा २०० वटा विभिन्न जातिका विरुवाहरु रोपिएको र आगामी दिनहरुमा यसै गरी वृक्षारोपण कार्यलाई सशक्त बनाउँदै लैजाने र वृक्षारोपण गरिएको एरियामा क्लबको नाम सहितको बोर्ड राख्ने लक्ष्य समेत लिएको भन्दै क्लब प्रेसिडेन्ड विश्वास बाबुले जानकारी गराउँनु भयो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु