adv

ऋषि धमला अब पत्रकार देखी माेडल सम्म {भिडियो}

पत्रकार ऋषि धमलाको सबल र दूर्बल पक्षलार्इ समेटेर तयार पारिएकाे ‘धमला धमला ऋषि धमला’ बाेलकाे गीत सार्वजनिक भएको छ।

धमलाको व्यक्तित्वमा आधारित रही बनाईएको उक्त गीत सञ्चारउद्यमी, गीतकार, संगीतकार तथा गायक सन्तोष देउजाले सार्बजनिक गर्नु भएकाे हाे । गीतमा चर्चित लोक तथा दोहोरी गायिका राधिका हमाल र प्रदीप त्रिपाठीले आवाज भरेका छन् भने राकेश सोनीले संगीत संयोजन गरेका छन् ।

प्रकाश भट्टले निर्देशन गरेको म्युजिक भिडियोमा स्वयं ऋषि धमला र चर्चित मोडल अञ्जली अधिकारीकाे साथै धमला पत्नी एलिजाको पनि अभिनय रहेको छ।

ऋषि धमलाको आलोचना र प्रशंसाले भरिएको गीतको रेकर्डिङ र म्यूजिक भिडियो छायांकनकै क्रममा सामाजिक सञ्जाल, विभिन्न प्रिन्ट तथा अनलाइन मिडियामा भाइरल बनिसकेको छ ।

पत्रकार सम्मेलनमा गीतकार देउजाले छुट्टै धारमा रहेर बनेको यस गीत तथा म्यूजिक भिडियोले गीत संगीत पारखी श्रोता तथा दर्शकहरुको मन जित्ने विश्वास व्यक्त गर्नुभयाे ।

कुनै पत्रकारलाई केन्द्रमा राखेर तयार भएको सायद पहिलो गीत भएको र गीतलाई समसामयिक गीतको रुपमा आफूले लिएको गीतकार देउजाले बताउनुभयाे । यस अघि देउजाकाे शब्द रचना रहेका झण्डै अाधा दर्जन जति गीत बजारमा अाइसकेकाे छ ।

भिडियो हेर्नुहोस्:

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु