adv

यूनियनले बाढ्यो विरामीलाई फलफूल

दमक, ६ साउन (रासस)


वीपी कोइरालाको स्मृति दिवसका अवसर पारेर आज आइतबार झापा, दमकका पत्रकारहरुले विरामीलाई फलफूल बाढे्का छन् । नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समितिले दमकको आम्दा अस्पताल, दमक अस्पताल र एडभान्स अस्पतालमा उपचाररत विरामीहरुलाई फलफूल वितरण गरि दिवस मनाएको हो । ती अस्पतालमा उपचाररत १२५ जना विरामीहरुलाई स्याउ ,केरा, विस्कुट र जुस वितरण गरिएको यूनियनका अध्यक्ष विष्णु सुब्बाले जानकारी दिनुभयो ।


झापाका अग्रज पत्रकार तथा पूर्वसन्देस दैनिकका सम्पादक गञ्जवहादुर दाहालको प्रमुख आतिथ्यतामा भएको फलफूल वितरण दमकको आम्दा अस्पतालबाट शुभारम्भ गरि दमक अस्पताल हुदै एडभान्स अस्पतालमा आएर समापन गरिएको थियो । फलफूल वितरण शुभारम्भ आयोजित कार्यक्रममा प्रमुख अतिथि पत्रकार दाहाल, आम्दा अस्पतालका मेडिकल सुपरिडेन्टेड डाक्टर नविन ढकाल,पत्रकार मञ्चका अध्यक्ष मनकुमार गदाललगायतले नेपालका राजनीतिज्ञ स्व. वीपी कोइरालाको स्मरण गर्नुभएको थियो ।
यूनियनले गतवर्ष समेत समेत वीपी स्मृति दिवसका दिन दमकका दुई वटा अस्पतालमा फलफूल वितरण गरेको थियो ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु