चट्याङ लागेर उपचार खोज्नुभन्दा यस्ता प्रकोपबाट बच्ने उपाय खोज्नु राम्रो हो । खासगरी दर्के झरी परिरहेको एवं विजुली चम्किएको अवस्थामा सावधानी अपनाउनु पर्छ । चट्याङ परिरहेको अवस्थामा के गर्ने वा के नगर्ने केही सामान्य जानकारीहरु यस्तो छ, जानी राख्नुहोस्-
के गर्ने ?
– चट्याङ परेको बेला घरभित्र बस्नु बढी सुरक्षित हुन्छ । संभव भएसम्म पक्की भवनमा आश्रय लिने ।
– घरबाहिर हो भने गाडीभित्र झ्यालढोका बन्द गरेर बस्नु राम्रो हो ।
– यदि खुला स्थान छ भने घुडाले भूँइमा टेकेर हात टाउको माथि राखेर निहुरिएर बस्नु उपयुक्त हुन्छ ।
के नगर्ने ?
– अग्ला डाँडा एवं खुला स्थानमा बस्नु हुँदैन ।
– फलामको पोल, विद्युतिय उपकरण आदिको सम्पर्कमा रहनु हुँदैन ।
– रुखमुनी उभिनु हुँदैन ।
– विद्युतिय उपकरण प्रयोग गर्नु हुँदैन ।
– पानीमा पौडिनु हुँदैन ।
– छाता खोल्नु हुँदैन ।