adv
adv

‘झमक बहादुर’ को अडियो जुकबक्स सार्वजनिक

दक्षिण भारतीय फिल्म ‘मुम्बई एक्सप्रेस’ को फोटोकपी भन्दै चर्को आलोचना भइरहेको साउन १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘झमक बहादुर’ को अडियो जुकबक्स सार्वजनिक भएको छ ।


अडियो जुकबक्समा टाइटल गीतसहित ‘मृग नयनी’ र ‘आम्मैले भन्थे धाराको पानी’ बोलका गीत छन् । शिर्ष गीतमा भोमन कटुवालको शब्द र ओम सुनवारको संगीत तथा स्वर छ ।

‘मृग नयनी’ बोलको गीतमा तिर्थ दमली (टुपी) को शब्द रहेको छ भने ओम सुनवार र मेलिना राईले स्वर छ । गीतमा ओम स्वयंले संगीत भरेका छन् । यस्तै, तेस्रो गीत ‘आम्मैले भन्थे’ लाई रिमिक्स गरि यस फिल्ममा राखिएको छ ।

निर्देशक भोमन कटुवालले ‘झमक बहादुर’, ‘मुम्बई एक्सप्रेस’ को फोटोकपी नरहेको बताउँदै नितान्त नेपाली परिवेश सुहाउँदो फिल्म रहेको बताएका छन् । सुन तस्करी, लुटपाट र अपहरणलाई फिल्मको मुख्य विषय बनाइएको छ ।

अनुप विक्रम शाही, यादब देपकोटा (सरापे), राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, सुजाता थापालगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा ओम सुनारको संगीत छ ।

राजु किरात राईको द्वन्द्व रहेको फिल्मलाई मिनकुमार तामाङले निर्माण गरेका हुन् । सह-निर्माता कोपिला कुमारी डल्लाकोटी रहेकी छन् । फिल्मको छायांकन पवन गौतमले गरेका हुन् ।

अडियो जुकबक्स:

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु