adv

श्रृष्टीको लागि ‘रोमियो एण्ड मुना’ अवसर र चुनौती दुवै

‘मिस नेपाल’ (२०१२) तथा अभिनेत्री श्रृष्टी श्रेष्ठले सुपरस्टार अनमोल केसी स्टारर फिल्म ‘गाजलु’ बाट अभिनयमा पहिलो पाइला अगाडि बढाएकी थिइन् । यो फिल्म बक्सअफिसमा सफल हुँदा उनको करिअरले पिकअप लियो ।

नेपालमा अधिकांश मिस नेपालको फिल्मी करिअर सुखद रहन सकेको छैन् । पहिलो मिस नेपाल रुबी राणादेखि २०१७ कि मिस नेपाल निकिता चन्दकसम्मको अभिनय यात्रा गन्जागोल छ । तर, श्रृष्टीलाई भने पहिलो फिल्मले नै युवापुस्तामाझ सर्वाधिक खोजिने अभिनेत्री बनायो ।

‘गाजलु’ बाट उनको सुन्दरतासँगै अभिनयको पनि प्रशंसा भएको थियो । यो फिल्मपछि उनी पर्दामा देखिएकी छैनन् । फिल्म नै हातमा नपरेको चाहिं होइन । ‘लाउरे’, ‘बाँध मायाले’ र यही शुक्रवार उनी अभिनीत फिल्म ‘रोमियो एण्ड मुना’ हलमा लाग्दैछ । बाँकी दुई फिल्म भने रिलिज डेट कुरेर बसेका छन् ।

बक्सअफिसमा फिल्म ‘गाजलु’ अभिनेता अनमोल केसीका कारण हिट भएको मानियो । श्रृष्टी पनि यो कुरा स्वीकार गर्छिन् । तर, ‘रोमियो एण्ड मुना’ मा उनी बाहेक चलेका अनुहार अरु छैनन् । यसकारण, यो फिल्मको इनिसियल व्यापार उनीमै निर्भर छ ।

आफ्नै काँधमा हलसम्म दर्शक तान्ने चुनौती उनीमा जति छ उत्तिनै अवसरका ढोकाहरु पनि खुल्ला छन् । यो फिल्म बक्सअफिसमा सफल भएको खण्डमा यसको प्रमुख भागिदार उनी स्वयं हुनेछिन् । यसैले ‘रोमियो एण्ड मुना’ उनका लागि अवसर र चुनौती दुवै हो ।
उक्त फिल्ममा उनको जोडी अभिनेता विनय श्रेष्ठसँग बाँधिएको छ । अभिनेता श्रेष्ठ दर्शकमाझ खासै परिचित अनुहार होइनन् । श्रृष्टीको युवापुस्तामाझ राम्रो क्रेज भएका कारण फिल्मले बक्सअफिसमा राम्रो नतिजा ल्याउने फिल्मी पण्डितहरुको आँकलन छ ।

उनको करिअरकै लागि पनि यो फिल्म मैदानमा खरो उत्रन आवश्यक छ । उनलाई अझै पनि मिस नेपाल कम अनमोल केसीको हिरोइनको रुपमा ज्यादाले चिन्ने गर्दछन् । यो उनका लागि राम्रो होइन ।

यो ट्याग मेट्नदेखि फिल्ममा असफल मिस नेपालको लिस्टमा आफू अपवाद बन्न पनि श्रृष्टीलाई ‘रोमियो एण्ड मुना’ ले बक्सअफिसबाट ‘हिट’ को ट्याग पाउन अपरिहार्य छ ।

नरेश कुमार केसी निर्देशित यस फिल्ममा विनय र श्रृष्टीसँगै प्रज्वल सुजल गिरी, सुष्मा कार्की, सुरक्षा पन्त लगायतका कलाकारहरुको अभिनय छ । फिल्मलाई दिपाङकर सिक्देर र बाबु श्रेष्ठले खिचेका हुन् ।

यो फिल्ममा लोकेन्द्र बज्रचार्यको सम्पादन, गौरव डागोन्कर, कोशिश क्षेत्री, कालीप्रसाद बाँस्कोटा र अर्लको संगीत, प्रताप सिंह, रेनशा राई, राजिव समरको कोरियोग्राफी छ ।

शहरिया युवा र ग्रामिण युवती बिचको प्रेमकथा बोल्ने ‘रोमियो एण्ड मुना’ लाई प्रसन्न गोपाली, राम शर्मा, कविन शाक्य र नायक विनय श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु